आज नेपाली बजारमा सुनचाँदीको भाउ बालेन सरकार गठन भएपछिको सबैभन्दा धेरै

Thankot Times

थानकोट ।

नेपाली स्थानीय बजारमा मंगलबार सुनचाँदीको भाउमा वृद्धि भएको छ ।

हिजो सोमबारको तुलनामा मंगलबार सुन प्रतितोला ४ हजार ४ सय रुपैयाँले बढेको छ भने चाँदी प्रतितोला ३ सय ५५ रुपैयाँले बढेको हो ।

मूल्यमा वृद्धि भएसँगै सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ९ सय रुपैयाँ पुगेको छ भने चाँदी ५ हजार ६ सय ९५ रुपैयाँ पुगेको छ ।

मंगलबार कायम सुनको मूल्य करिब २ महिनायताकै उच्च हो । गएको चैत ४ मा सुन तोलाकै ३ लाख ७ हजार रुपैयाँमाथि थियो । त्यसयता सुनको मूल्य निरन्तर ओरालोमा थियो ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुनको मूल्य घटेको छ ।

मेटल डेलीका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४७१६ डलर छ भने चाँदी ८५ डलर छ ।

अघिल्लो दिनको तुलनामा सुन ५० डलरले घटेको छ भने चाँदी १ डलरभन्दा बढीले घटेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *