एसइई-२०८२: चेकपोष्टस्थित प्रभात माविका ८२ मध्ये ६३ जना विद्यार्थी उत्तीर्ण

Thankot Times

थानकोट ।

सोमबार (बैशाख २८ गते) सार्वजनिक भएको गत वर्ष सञ्चालित माध्यमिक शिक्षा परीक्षाको नतिजा अनुसार चन्द्रागिरि नगरपालिका वडा नं. ७ महादेवस्थान चेकपोष्टस्थित प्रभात मावि माविको नतिजा अघिल्लो वर्षको तुलनामा केही खस्किएको छ ।

गतवर्ष यस विद्यालयबाट परीक्षामा सहभागी भएका ८२ जना विद्यार्थी मध्ये ६३ जना मात्रै उत्तीर्ण भएको चन्द्रागिरि नगर शिक्षा शाखाले जनाएको छ ।

२०८१ सालको माध्यमिक शिक्षा परीक्षाामा यस विद्यालयबाट ६६ जनाले परीक्षा दिएकोमा ५१ जना उत्तीर्ण भएका थिए ।

शैक्षिक वर्ष २०८१ को तुलनामा वर्ष २०८२ को नतिजा ०.६४ प्रतिशतले खस्किएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ