सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो
थानकोट ।
नेपाली बजारमा आज बुधबार सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ ।
हिजोको तुलनामा आज बजारमा सुनको भाउ तोलामा ७ सय रुपैयाँ घटेको छ । चाँदीको मूल्य भने १५ रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला तीन लाख दुई हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला तीन लाख दुई हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदी प्रतितोला पाँच हजार ७ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो मंगलबार चाँदी प्रति तोला पाँच हजार ६ सय ९५ मा खरिदबिक्री भएको थियो ।










