आईसीसी टी-२० विश्व वरीयता: दीपेन्द्रसिंह चौथो स्थानमा यथावत

Thankot Times

थानकोट ।

नेपाली राष्ट्रिय  क्रिकेट टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरी आइसीसी टी-२० विश्व वरीयताको अलराउन्डरतर्फ चौथो स्थानमा यथावत् रहेका छन् ।

आईसीसीले आज सार्वजनिक गरेको नयाँ वरीयतामा दीपेन्द्र चौथो स्थानमा यथावत् रहेका हुन् ।

वरीयताअनुसार दीपेन्द्रको २४५ रेटिङ अंक छ । उक्त विश्व वरीयतामा जिम्बाबेका सिकन्दर रजा ३२८ अंकसहित शीर्ष स्थानमा रहेका छन् । त्यस्तै, भारतका हार्दिक पाण्ड्या दोस्रो तथा पाकिस्तानका साइम अयुब तेस्रो स्थानमा छन् । अफगानिस्तानका अजमतुल्लाह ओमरजाइ पाँचौँ स्थानमा रहेका छन् ।

त्यस्तै, एकदिवसीय वरीयताको अलराउन्डरतर्फ भने दीपेन्द्र तीन स्थान सुधार गर्दै २८औँ स्थानमा उक्लिएका छन् । उनको रेटिङ अंक १५३ छ । त्यस्तै, नेपालका अर्का खेलाडी करण केसी तीन स्थान तल झर्दै ८४औँ स्थानमा पुगेका छन् ।

एकदिवसीय वरीयताको ब्याटिङतर्फ भने दीपेन्द्र दुई स्थान सुधार गर्दै ९९औँ स्थानमा पुगेका छन् । त्यस्तै, आसिफ शेख १३ स्थान सुधार गर्दै ९३औँ स्थानमा छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *