श्रम संस्कृति पार्टीमा सुदन किराँती समूहबाट तीन पदाधिकारी
थानकोट ।
श्रम संस्कृति पार्टीमा सुदन किराती समूहबाट तीन पदाधिकारिसहित १८ नेताले जिम्मेवारी पाएका छन् ।
नयाँ जिम्मेवारीअनुसार सुदन किराती वरिष्ठ नेता, प्रकाश विकल्प उपाध्यक्ष र सचिवमा टीकाराम राई रहेका हुन् ।
पार्टीमा किरातीको समूह समावेश भएसँगै पार्टीको भूमिका थप प्रभावकारी हुने र सदनदेखि सडकसम्म बलियो प्रतिपक्षको भूमिका निर्वाह गर्ने विश्वास उक्त पार्टीको छ ।
पार्टीले अब जनजीविकाका सवाललाई सशक्तरूपमा अगाडि बढाउँदै लाने सचिव राईले बताए ।










