बागमती प्रदेश सभा बैठक शुक्रबार मध्यरातदेखि अन्त्य

Thankot Times

थानकोट ।

बागमती प्रदेश सभाकाे बैठक आज मध्यरातदेखि अन्त्य हुँदै छ ।

बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज मध्यरातदेखि प्रदेश सभाको चालु अधिवेशन अन्त्य गरेका हुन् ।

बागमती प्रदेश मन्त्रिपरिषद बैठककाे सिफारिसबमोजिम प्रदेश प्रमुख देवकाेटाले शुक्रबार राति १२ बजेदेखि अधिवेशन अन्त्य गरेका हुन् ।

आगामी नीति तथा कार्यक्रम, बजेट तयारी र प्रशासनिक व्यवस्थापनलाई केन्द्रमा राख्दै अधिवेशन अन्त्य गर्ने निर्णय गरिएको बताइएकाे छ ।

हिउँदे अधिवेशनमा जम्मा चारवटा बैठक बसेका थिए ।

प्रदेश सभाको हिँउदे अधिवेशनअन्तर्गत २४, २५ र २६ चैत २०८२ तथा ६ वैशाख २०८३ मा बैठक बसेकाे थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ