काठमाडौँ विश्वविद्यालयको निमित्त उपकुलपतिमा प्रा. डा. वाग्ले नियुक्त
थानकोट ।
काठमाडौँ विश्वविद्यालयको निमित्त उपकुलपतिको जिम्मेवारी प्रा.डा. ऋषीकेश वाग्लेलाई प्रदान गरिएको छ ।
शिक्षा मन्त्रालयका सचिव चूडामणि पौडेलका अनुसार विश्वविद्यालयमा रिक्त रहेको उपकुलपति पदमा नियमित नियुक्ति नभएसम्मका लागि दैनिक प्रशासनिक कार्य सञ्चालन गर्न वाग्लेलाई तोकिएको हो ।
वैशाख ३० गते प्रधानमन्त्री तथा कुलपति स्तरको निर्णयअनुसार उक्त जिम्मेवारी प्रदान गरिएको मन्त्रालयले जनाएको छ ।











