नेपाली कांग्रेस कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत

Thankot Times

थानकोट ।

नेपाली कांग्रेसको कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत भएका छन् ।

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (४) बमोजिम केन्द्रीय कार्यसमिति सदस्य श्रेष्ठलाई कांग्रेस केन्द्रीय कार्यसमितिको कोषाध्यक्ष पदमा मनोनयन गरेका हुन् ।

यसअघि श्रेष्ठलाई तत्कालीन कांग्रेस सभापति शेरबहादुर देउवाले पनि कोषाध्यक्ष बनाएका थिए । केही दिनअगाडि श्रेष्ठ केन्द्रीय कार्यसमिति सदस्यमा मनोनयन भएका थिए ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ