नेपाली बजारमा सुनको मूल्य बढ्दा चाँदीको घट्यो

Thankot Times

थानकोट ।
आज सोमबार नेपाली बजारमा सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा बढेको छ ।

यसदिन सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार (जेठ ४) छापावाल सुनको मूल्य तोलाको दुई लाख ९४ हजार ८ सय रुपैयाँ कायम छ ।

हिजो आइतबार (जेठ ३) छापावाल सुन प्रतितोला दुई लाख ९४ हजार रुपैयाँमा किनबेच भएको थियो ।

सोमबार (जेठ ४) चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले घटेको छ ।

यसदिन चाँदी प्रतितोला पाँच हजार ४० रुपैयाँमा खरिद-बिक्री भइरहेको महासंघले जनाएको छ ।

हिजो आइतबार चाँदी प्रतितोला पाँच हजार ६० रुपैयाँमा कारोबार भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *