एसइई-२०८२: तीनथानास्थित विष्णुदेवी माविका २६ मध्ये २५ जना विद्यार्थी उत्तीर्ण
थानकोट ।
सोमबार (बैशाख २८ गते) सार्वजनिक भएको गत वर्ष सञ्चालित माध्यमिक शिक्षा परीक्षाको नतिजा अनुसार चन्द्रागिरि नगरपालिका वडा नं.१५ तीनथानास्थित विष्णुदेवी माविको नतिजामा अघिल्लो वर्षको तुलनामा व्यापक सुधार देखिएको छ ।
गतवर्ष यस विद्यालयबाट परीक्षामा सहभागी भएका २६ जना विद्यार्थी मध्ये २५ जना उत्तीर्ण भएको चन्द्रागिरि नगर शिक्षा शाखाले जनाएको छ ।
२०८१ सालको माध्यमिक शिक्षा परीक्षामा यस विद्यालयबाट ४२ जना सहभागी भएकामा २२ जना उत्तीर्ण भएका थिए ।
यस विद्यालयको शैक्षिक वर्ष २०८१ को तुलनामा वर्ष २०८२ को नतिजा ४३.७७ प्रतिशतले सुधारिएको हो ।
एसइई-२०८२: चन्द्रागिरिका २ सामुदायिक विद्यालयलाई १००% सफलता, कंकालीका आभाषलाई ४ जीपीए










