अन्तर्राष्ट्रिय क्रिकेटमा सन्दिप लामिछानेको ऐतिहासिक कीर्तिमान

Thankot Times

थानकोट ।

नेपालका स्टार स्पिनर सन्दीप लामिछाने एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अर्को ऐतिहासिक कीर्तिमान कायम गरेका छन् ।

सन्दीपले एकदिवसीय अन्तर्राष्ट्रिमा सबैभन्दा कम खेलमा १५० विकेट लिने नयाँ कीर्तिमान बनाएका हुन् ।

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्डविरुद्धको खेलमा दुई विकेट लिएसँगै सन्दीपले यो उपलब्धि हात पारेका हुन् ।

उनलाई यो कीर्तिमान कायम गर्न ७३ खेल लाग्यो ।

सन्दीपले अस्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कको कीर्तिमान तोडेका हुन् । स्टार्कले ७७ खेलमा यो कीर्तिमान बनाएका थिए ।

सन् २०१८ मा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका सन्दीपले २०२३ मा ओमानविरुद्ध १०० विकेट पूरा गरेका थिए ।

सन्दीपले ४२ खेलमा यो उपलब्धि हासिल गर्दै अफगानिस्तानका रसिद खानको नाममा रहेको ४४ खेलको कीर्तिमान तोडेका थिए ।

यससँगै उनी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १५० विकेट पूरा गर्ने पहिलो एसोसिएट बलर पनि बनेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *