काठमाडाैंको महाराजगन्जमा रोकेको गाडीमा स्कुटर ठोक्कियो, एक जनाको मृत्यु

Thankot Times

थानकोट ।

काठमाडौंको महाराजगन्जमा भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।

महाराजगन्जमा रोकी राखेको प्र.३-०१-०२४ च ३६१४ नम्बरको गाडीमा बा.प्र ३-०२-००२ प ११६७ नम्बरको स्कुटर ठक्कर खाई आइतबार राति उक्त दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार उक्त दुर्घटनामा परी स्कुटर चालक काठमाडौं बसुन्धारा बस्ने काभ्रे पनौती नगरपालिका-५ घर भएका २० वर्षीय राहुल खत्रीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको टिचिङ अस्पताल महाराजगन्जमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *