मलेसिया जाने महिला क्रिकेट टोलीको बिदाइ
थानकोट ।
एसियन गेम्स छनोट र एसियन क्रिकेट काउन्सिल (एसीसी) महिला प्रिमियर कपका लागि मलेसिया जाने नेपाली टोलीको बिदाइ गरिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार टोलीको बिदाइ गरेको हो ।
एसियन गेम्स छनोट प्रतियोगिता मलेसियामा मे २३ देखि ३१ तथा एसीसी महिला प्रिमियर कप जुन १ देखि १३ सम्म हुनेछ ।
प्रतियोगिताका लागि इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा भइसकेको छ । सीता रानमगरले टोलीमा पुनरागमन गरेकी छन् । सीमाना केसी र सोनी पाख्रिन पनि टोलीमा अटाएका छन् ।
उनीहरू गत महिना रुवान्डामा सम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) महिला च्यालेन्ज ट्रफीमा टोलीमा थिएनन् । उक्त प्रतियोगिताका लागि टोलीमा रहेका सुमन विष्ट, रोमा थापा र रचना चौधरी भने बाहिरिएका छन् ।
नेपाली टोली : इन्दु बर्मा .कप्तान), रुबिना क्षेत्री, सीता रानामगर, पूजा महतो (उपकप्तान), विन्दु रावल, कविता कुँवर, सम्झना खड्का, मनिषा उपाध्याय, कविता जोशी, रुवि पोदार, अनु कढायत, सीमाना केसी, सोनी पाख्रिन, रिया शर्मा










