आईसीसी क्रिकेट विश्वकप लिग-२: आज नेपाल र अमेरिकाबीच खेल हुँदै

Thankot Times

थानकोट ।

आईसीसी क्रिकेट विश्वकप लिग-२ मा आज (शुक्रबार) नेपाल र अमेरिकाबीच खेल हुँदैछ ।

यो लिग–२ अन्तर्गत नेपालमा अमेरिका र स्कटल्यान्ड सम्मिलित त्रिकोणात्मक एक दिवसीय अन्तर्राष्ट्रिय शृंखलाको अन्तिम खेल समेत हो ।

अमेरिकालाई दोस्रो खेलमा पनि पराजित गर्दै नेपाल शृंखलाको अन्त्य गर्ने लक्ष्यमा हुनेछ ।

हाल नेपाल तालिकाको पाँचौँ स्थानमा छ ।

नेपालले २७ खेल खेल्दा १० जितसहित २२ अंक जोडेको छ । घरेलु टोलीको दुई खेल भने रद्द भएको थियो ।

यता, अमेरिका भने पहिलो खेलको बदला लिँदै तालिकामा अंक दुरी बढाउने लक्ष्यमा हुनेछ ।

तालिकाको शीर्ष स्थानमा रहेको पाहुना टोलीले २७ खेलमा १९ जित र आठ हारसहित ३८ अंक बनाएको छ । समान ३८ अंक बनाएको स्कटल्यान्डलाई रनरेटका आधारमा पछाडि पार्दै अमेरिका शीर्ष स्थानमा उक्लिएको हो ।

आजको खेलमा नेपाललाई पराजित गर्दै स्कटल्यान्डसँग अंक दुरी बढाउने अवसर अमेरिकासँग छ । टोली यसअघि भएको पहिलो खेलमा नेपालसँग नौ विकेटले पराजित भएको थियो । यी दुईबीचको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा बिहान ९:३० बजे हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ