जेठ १७ गतेबाट थानकोट-चित्लाङ सडक १४ दिनसम्म पूर्ण रुपमा बन्द गरिने
थानकोट ।
यही जेठ १७ गतेदेखि गणेशमान सिंह सडक मार्गको थानकोट-चित्लाङ खण्ड लगातार १४ दिनसम्म लागि पूर्ण रूपमा बन्द हुने भएको छ ।
संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, काठमाडौंले सोमबार एक सूचना जारी गर्दै सो सडक खण्डको भाैगोलिक अवस्थाका कारण सडक निर्माणस्थल हुँदै सवारीसाधनहरू आवत जावत हुँदा निर्माण कार्यमा अवरोध हुने तथा दुर्घटनाको जोखिम समेत बढेको भन्दै जेठ १७ देखि ३० गतेसम्म १४ दिनका लागि थानकोट पानीघाटदेखि चित्लाङ बजारसम्मको सडक खण्ड पूर्ण रुपमा बन्द गर्न लागिएको जनाएको हो।
सूचना हेराैं













