एशियाली खेलकुद छनाेट खेल्न जाने नेपाली क्रिकेट टाेलीकाे बिदाइ
थानकोट ।
सिङ्गापुरमा हुने एशियाली खेलकुद छनाेट खेल्न जाने नेपाली क्रिकेट टाेलीकाे बिदाइ भएकाे छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज काठमाण्डाैमा एक कार्यक्रमकाे आयाेजना गरेर नेपाली टोलीको बिदाइ गरेको हो ।
आउँदाे आइतवारदेखि जेठ २५ गतेसम्म चल्ने प्रतियाेगितामा ८ वटा देश सहभागी छन् । समूह ‘ए’ मा नेपालसहित मलेशिया र चीन छन् ।
समूह ‘बी’ मा आयाेजक सिङ्गापुर, ओमान, हङकङ र बहराइन छन् ।
दुवै समूहको शीर्ष दुईमा रहने टोली एशियाली खेलकुदमा छनाेट हुनेछन् । आइतवार उद्घाटन खेलमा चीनसँगै खेल्दै नेपालले प्रतियाेगिताकाे शुरुआत गर्नेछ ।
क्यानले प्रतियाेगिताका लागि दीपेन्द्रसिंह ऐरीकाे कप्तानीमा १४ सदस्यीय टाेली घाेषणा गरेकाे छ ।













