नेपाल टेलिकमको ४४ प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गर्ने सरकारको घोषणा
थानकोट ।
सरकारले नेपाल टेलिकमको ४४ प्रतिशत सेयर सर्वसाधारणमा बिक्री गर्ने घोषणा गरेको छ ।
आगामी आर्थिक वर्ष २०८३-८४ को बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले टेलिकममा सरकारको ५६ प्रतिशत स्वामित्व कायम राख्दै बाँकी सेयर चालु वर्षको पुस मसान्तभित्र सर्वसाधारणका लागि निष्कासन गरिने जानकारी दिए ।
अर्थमन्त्री वाग्लेले सेयर बिक्रीबाट प्राप्त हुने रकमलाई सूचना प्रविधि तथा डिजिटल पूर्वाधार विकासमा परिचालन गरिने उल्लेख गर्दै नेपाललाई ‘टेक हब’ का रूपमा विकास गर्ने लक्ष्य राखिएको बताए ।
सरकारले सार्वजनिक संस्थानको पुनर्संरचना, पुँजी बजार विस्तार तथा प्रविधिमैत्री अर्थतन्त्र निर्माण गर्ने नीति अन्तर्गत यस्तो व्यवस्था गरिएको जनाएको छ ।












