खुला बाँसुरी बाजा प्रतियोगिताः देवीस्थान बाँसुरी खल पहिलो, चन्द्रागिरिस्थित झिगु नेवाः बाँसुरी खल दोश्रो

Thankot Times

थानकोट ।

काठमाडाैं उपत्यकाव्यापी परम्परागत खुला बाँसुरी बाजा प्रतियोगिता २०८३ को ट्रफी बालाजुस्थित देवीस्थान बाँसुरी खलले उचालेको छ ।

उसले प्रथम हुँदै २५ हजार रुपैयाँ प्राप्त गरेको छ ।

चाँगुनारायण नगरपालिका–९ ताथली फैढोकामा आयोजना गरेको प्रतियोगितामा उपत्यकाका विभिन्न क्षेत्रबाट आएका १३ टोलीका ३०० भन्दा बढी कलाकारको सहभागिता रहेको थियो ।

स्थानीय मौलिक संस्कृति, परम्परागत बाँसुरी बाजा तथा साङ्गीतिक सम्पदाको संरक्षण, सवर्द्धन तथा नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा चन्द्रागिरिस्थित झिगु नेवाः बाँसुरी खलले द्वितीय हुँदै २० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।

त्यस्तै ताथलीस्थित खगां दाफा भजन खलले तृतीय हुँदै १० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र तथा सरस्वती खेलस्थित ससु माजु बाँसुरी खलले सान्त्वनासहित पाँच रुपैयाँ हजार र प्रमाणपत्र प्राप्त गरेको छ । अन्तिम चरणसम्म पुगेर निर्णायकको छनोटमा पर्न सफल काठमाडौँको न्युरोडस्थित पाको पुखध्या मानन्धर खललाई प्रोत्साहन स्वरूप दुई हजार ५०० रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

बागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईँले आइतबार सम्पन्न कार्यक्रममा पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे ।

चाँगुनारायण नगरपालिका–९ का वडाध्यक्ष गणेश त्यातले प्रतियोगितामा भक्तपुर, काठमाडौँ, चन्द्रागिरि, गोकर्णेश्वर, बालाजु, सूर्यविनायकलगायत क्षेत्रका बाँसुरी बाजा टोलीहरूले आफ्नो कला, सीप र साङ्गीतिक परम्पराको उत्कृष्ट प्रस्तुति प्रदर्शन गरेको बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *