अमर्यादित काम गरेको भन्दै विपक्षी सांसदलाई कारबाही गर्ने मुडमा सभामुुख, जाँचबुझ समिति गठन
थानकोट ।
सांसदले सदनमा अमर्यादित व्यवहार प्रदर्शन गरेको भन्दै जाँचबुझ गर्न सभामुख डीपी अर्यालले समिति गठन गरेका छन् ।
आइतबारको बैठकमा अमर्यादित व्यवहार गरेको भन्दै सभामुख अर्यालले प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीको नेतृत्वमा समिति गठन गरेका हुन् ।
समितिले सात दिनभित्र प्रतिवेदन बुझाउनुपर्नेछ ।
प्रतिनिधि सभा नियमावलीको नियम ३ घ बमोजिम समिति गठन गरिएको हो ।
हिजोको बैठकमा विपक्षी सांसदहरूले वेल घेराउ गर्ने क्रममा घम्साघम्सी परेको थियो ।












