नेपाल क्रिकेट टोली एसियन गेम्समा छनोट

Thankot Times

थानकोट ।

नेपाली पुरुष क्रिकेट टोली एसियन गेम्समा छनोट भएको छ ।

मंगलबार भएकाे समूह ‘ए’ काे खेलमा मलेसियाले चीनलाई हराएसँगै नेपाल र मलेसिया दुवैले प्रतियोगितामा स्थान सुरक्षित गरेका हुन् ।

मंगलबार सिंगापुर नेसनल क्रिकेट ग्राउन्डमा मलेसियाले चीनलाई नाै विकेटले हरायाे ।

चीनले दिएकाे ८६ रनको सामान्य लक्ष्य मलेसियाले ७.५ ओभरमा एक विकेट मात्रै गुमाएर पूरा गर्‍यो ।

त्यसअघि मलेसियाले टस जितेर फिल्डिङ राेजेपछि ब्याटिङको निम्तो पाएको चीनले निर्धारित २० ओभर नौ विकेट गुमाएर ८४ रनको योगफल तयार पारेको थियो ।

यो जितसँगै समान दुई अंक जोडेकाे मलेसिया र नेपालले एक खेल अगावै सेमिफाइनलमा स्थान बनाएका हुन् ।

७ टोली सहभागी छनोट प्रतियोगितालाई दुई समूहमा विभाजन गरिएको छ ।

हरेक समूहबाट शीर्ष २ टोली सेमिफाइनल प्रवेश गर्ने प्रावधान छ भने सेमिफाइनल पुग्ने चारवटै टोली एसियन गेम्समा पुग्छन् ।

नेपालको समूहमा मलेसिया र चीन मात्र थिए ।

नेपालले यसअघि चीनलाई २२१ रनले पराजित गरेकाे थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *