नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समिति बैठक जेठ २१ मा बस्ने

Thankot Times

थानकोट ।

नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक यही २१ जेठ (बिहीबार)मा बस्ने भएको छ ।

समितिका सचिव दिनेश थापामगरले विज्ञप्ति जारी गर्दै बिहीबारका लागि बैठक आह्वान गरिएको जानकारी दिए ।

बैठक पार्टी केन्द्रीय कार्यालय ललितपुरको सानेपामा बस्नेछ ।

बैठकमा सहभागी हुन समितिका सबै सदस्यहरूलाई निर्देशानुसार अनुरोध गरिएको छ ।

बैठकमा पार्टीको आन्तरिक अनुशासन, प्राप्त उजुरी र भावी कार्ययोजनाका बारेमा छलफल हुने बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *