रास्वपा सभापति रवि लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता

Thankot Times

थानकोट ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतका गृहमन्त्री अमित शाहसँग भेटवार्ता गरेका छन् ।

दुई नेताबीच मंगलबार भेट भएको हो ।

पाँच दिनको भारत भ्रमणमा रहेका लामिछानेले भ्रमणको पहिलो चरणमै विभिन्न राजनीतिक भेटघाट सुरु गरेका हुन् । भेटवार्ताको विस्तृत विषय भने सार्वजनिक गरिएको छैन ।

यसअघि आजै उनले भारतका विदेश मन्त्री एस. जयशंकर तथा भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नबिनसँग पनि छुट्टाछुट्टै भेट गरेका थिए ।

भाजपाको औपचारिक निमन्त्रणामा उनी हिजो भारत प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा भएका राजनीतिक भेटवार्ताहरूलाई दुई देशबीचको समसामयिक संवादका रूपमा हेरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *