विद्यालय नर्स कार्यक्रमका लागि बागमती प्रदेशले माग्यो २४८ जना नर्स
थानकोट ।
बागमती प्रदेशअन्तर्गत स्वास्थ्य मन्त्रालयले विद्यालय नर्स कार्यक्रम सञ्चालनका लागि ठूलो संख्यामा नर्स माग गरेको छ ।
बिहीबार गोरखापत्र दैनिकमा सूचना जारी गर्दै स्वास्थ्य निर्देशनालयले १५ दिन भित्र दरखास्त पेश गर्न सूचित गरेको हो ।
पाँचाैं तहमा २४८ जना नर्स माग गरिएको सो सूचनामा उल्लेख छ ।
इच्छुकले बागमती प्रदेश अन्तर्गतका जिल्लास्थित जनस्वास्थ्य कार्यालयहरूमा दरखास्त फाराम बुझाउन सक्नेछन् । एक उम्मेदवारले एउटा तहमा मात्रै दरखास्त पेश गर्न सक्ने बताइएको छ ।
विद्यालय नर्स कार्यक्रम लागु भएका स्थानीय तहका विद्यालयमा उनीहरूले जिम्मेवारी पाउनेछन्।













