प्रतिनिधि सभा बैठक जेठ २५ गतेसम्मका लागि स्थगित
थानकोट ।
मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा विपक्षी सांसदहरूले वेल घेराउ गरेका छन् ।
सभामुख डीपी अर्याल नियमित कार्यसूचीमा प्रवेश गरेपछि विपक्षी सांसदहरू नाराबाजी गर्दै वेल घेराउ गर्न पुगेका हुन् ।
सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त सन्देश सुनाइरहेका बेला नाराबाजी सुरु भएपछि सदनको माइक काटिएको छ ।
लगत्तै सभामुख अर्यालले २५ गते सोमबारसम्मका लागि बैठक स्थगित भएको घोषणा गरे ।












