राष्ट्रिय सभा बैठक बस्दै

Thankot Times

थानकोट ।

राष्ट्रिय सभाको बैठक आज बस्दै छ ।

मध्याह्न सवा १२ बजे बस्ने बैठकमा राष्ट्रिय सभाका अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने छन् ।

बैठकमा अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलका प्रस्ताव प्रस्तुत गर्ने छलफल सुरु हुने सम्भावित कार्यसूची छ ।

बैठकमा अर्थ मन्त्री डा. वाग्लेले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को सीमासम्बन्धी अभिव्यक्तिका विषयमा राष्ट्रियस भा बैठक अवरुद्ध हुँदै आएको छ ।

सत्तापक्षविहीन राष्ट्रिय सभामा सबै दलका सदस्यले सामूहिक रूपमा मंगलबार बैठक अवरुद्ध गरेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *