यातायात व्यवस्था कार्यालय गुर्जुधाराबाट ६ जना बिचौलिया पक्राउ

Thankot Times

थानकोट ।

गुर्जुधारास्थित यातायात व्यवस्था कार्यालयबाट ६ जना बिचौलिया पक्राउ परेका छन् ।

सार्वजनिक सेवा प्रवाहमा बाधा पुर्‍याउने तथा सेवाग्राहीलाई अनावश्यक दुःख–हैरानी दिने कार्यमा संलग्न रहेको आरोपमा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हाे ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मंगलबार बिहान करिब १०:१५ बजे चन्द्रागिरि नगरपालिका–५ गुर्जुधारास्थित यातायात कार्यालयमा बिचौलियाहरूले सेवाग्राहीलाई अनावश्यक हैरानी दिएको भन्ने सूचना प्राप्त भएको थियो ।

सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त थानकोटबाट खटिएको संयुक्त टोलीले सार्वजनिक सेवा प्रवाहमा बाधा पुर्‍याउने तथा सेवाग्राहीलाई दुःख दिने कार्यमा संलग्न भएको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

उनीहरूविरुद्ध थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले जानकारी दिएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ