फिफा विश्वकप फुटबल २०२६: तनावपूर्ण खेलमा पाराग्वेको जित, टर्किए १-० ले पराजित
थानकोट ।
फिफा विश्वकप २०२६ मा पाराग्वेले टर्किएलाई पराजित गरेको छ ।
शनिबार क्यालिफोर्नियामा भएको खेलमा पाराग्वेले टर्किएलाई १–० गोलले पराजित गरेको हो ।
पाराग्वेले खेल सुरु भएको ६४ मिनेटमा गोल गरेको थियो ।
उक्त गोल नै जितमा परिणत भएको हो ।
पाराग्वेका माटियास गालार्जाले गरेको उक्त गोल जारी विश्वकपको सबैभन्दा छिटो गोल हो ।
यो जितसँगै पाराग्वेले आफ्नो नकाउट सम्भावनालाई जीवित राखेको छ, टर्किएको नकआउट सम्भावना समाप्त भएको छ ।










