तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता: मातातिर्थका विशान्तले जिते स्वर्णपदक

Thankot Times

थानकोट ।

हेटाैंडामा जारी तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिताको तेक्वान्दो विधामा चन्द्रागिरि नगरपालिका-०८ मातातिर्थका विशान्त केसीले स्वर्ण पदक जितेका छन् ।

बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा असार ३ गतेदेखि जारी प्रतियोगिताको पुरुष यू-८७ केजी तौल समूहमा केसीले सो सफलता हासिल गरेका हुन् ।

केसी स्थानीय धौलागिरि तेक्वान्दो डोजाङका प्रशिक्षार्थी हुन् ।

प्रतियोगितामा १५ खेल विद्या समावेश छन् ।

हेटौंडामा फुटबल, पुरुष क्रिकेट, बक्सिङ, तेक्वान्दो, एथलेटिक्स, ब्याडमिन्टन, आइटिएफ तेक्वान्दो, फुल कन्ट्याक्ट कराँते, बुद्धिचाल र टेबलटेनिसका खेल भइरहेका छन् ।

महिला क्रिकेट र कराँते चितवनमा तथा भलिबल, पौडी, उसु र जुडोका खेल काठमाडौं र ललितपुरमा सञ्चालन भइरहेको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ