रेबिजका कारण चन्द्रागिरिमा एकजना पुरुषको मृत्यु
थानकोट ।
चन्द्रागिरि नगरपालिकामा रेबिज सङ्क्रमणका कारण ४८ वर्षीय एकजना पुरुषको मृत्यु भएको छ।
केही हप्ताअघि कुकुरले टोकेपछि रेबिज विरुद्धको खोप (एआरभी) नलगाएका ती पुरुषमा सङ्क्रमण देखिएको थियो।
अवस्था गम्भीर भएपछि उनलाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु) मा भर्ना गरिएको थियो, जहाँ उपचारका क्रममा शनिबार उनको ज्यान गएको अस्पतालका सूचना अधिकारी समीरकुमार अधिकारीले जानकारी दिए ।










