फिफा विश्वकप फुटबल २०२६: पोर्चुगल र क्रोएसिया विजयी, क्रिस्टियानो रोनाल्डोले बनाए कीर्तिमान

Thankot Times

थानकोट ।

जारी फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज बुधबार भएको खेलमा पोर्चुगल विजयी भएको छ । समूह ‘के’अन्तर्गतको आफ्नो दोस्रो खेलमा पोर्चुगलले उज्वेकिस्तानलाई ५-० गोलअन्तरले पराजित गर्‍यो ।

पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डो नायक बने । उनले दुई गोल गरे । खेलको छैटौँ मिनेटमा ‘कर्नर’बाट आएको बललाई रोनाल्डाले जाली चुमाउँदै टोलीलाई अग्रता दिलाए ।

त्यसपछि १७औँ मिनेटमा नुनो मेन्डेसले गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर बनाए । ३९औँ मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दा पोर्चुगल ३-० को अवस्थामा आयो । खेलको ६०औँ मिनेटमा अब्दवोहिद नेमातोवले र ८७औँ मिनेटमा राफाएल लीओले गोल गरेपछि पोर्चुगलले खेल ५-० गोलअन्तरले जित्यो । यससँगै रोनाल्डो विश्वकपका सबै ६ संस्करणमा गोल गर्ने पहिलो खेलाडी बनेका छन् ।

जितसँगै पोर्चुगल समूह ‘के’को अंक तालिकामा चार अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ । समूह चरणको आफ्नो पहिलो खेलमा पोर्चुगलले कङ्गोसँग बराबरी खेलेको थियो । समूह चरणमा लगातार दोस्रो हार बेहोरेको उज्वेकिस्तान अंक तालिकाको अन्तिममा छ ।

यस्तै, क्रोएसियाले जारी विश्वकपमा पहिलो जित दर्ता गराएको छ । पानामाविरुद्धको खेलमा क्रोएसिया १-० ले विजयी भएको हो ।

खेलको पहिलो हाफसम्म कुनै पनि टोलीले गोल गर्न नसक्दा बराबरीमा टुंगिएको थियो । दोस्रो हाफको ५३ औँ मिनेटमा एन्ते बुदिमिरले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । जोसिप स्टानिकको पासलाई उनले गोलमा परिणत गरेका थिए ।

जितसँगै क्रोएसियाले तालिकामा तीन अंक जोडेको छ ।यसअघिको खेलमा क्रोएसिया इंग्ल्याण्डसँग ४-२ ले पराजित भएको थियो ।

विश्वकपमा पानामाको यो दोस्रो हार हो । यसअघिको खेलमा पानामा घानासँग १-० ले पराजित भएको छ । समूह ‘एल’ मा घाना अंकविहीन भएको छ ।

विश्वकप अन्तर्गत नै इंग्ल्याण्ड र घानाबीचको खेल गोलरहित बराबरीमा टुंगिएको छ । समूह चरणको दोस्रो खेल बराबरीमा टुंगिएको हो ।

समूह चरणको पहिलो खेलमा दुवै टोली विजयी भएका थिए । इंग्ल्याण्डले क्रोएसियालाई ४-२ ले हराएको थियो भने घानाले पानामालाई १-0 ले पराजित गरेको थियो ।

खेल बराबरीमा टुंगिएसँगै दुवै टोलीले अंक साझा गरेका छन् । तालिकामा दुवै टोलीको समान चार अंक बनेको छ ।

प्रतियोगिताअन्तर्गत अहिले बिहान ७:४५ बजे कोलम्बिया र कंगोबीच खेल हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *