सांसद् बोधनारायण श्रेष्ठले रास्वपा केन्द्रीय सदस्यको उम्मेदवारी फिर्ता लिए
थानकोट ।
रास्वपा नेता तथा धादिङ क्षेत्र नं. १ का निर्वाचित सांसद् बोधनारायण श्रेष्ठले केन्द्रीय सदस्य पदका लागि दिइएको उम्मेदवारी फिर्ता लिएका छन् ।
बुधबार उनले सामाजिक सञ्जालमा उनले सो जानकारी दिएका हुन् ।
उनले पार्टीमा सहमति र सहाकार्यको पक्षमा रहेको बताए ।
उनले पार्टीमा जिम्मेवारीपूर्वक काम गर्न पद नै चाहिन्छ भन्ने कुरा महत्त्वपूर्ण नभएको बताए ।










