फिफा विश्वकप फुटबल २०२६: जापान नकाउट चरणमा

Thankot Times

थानकोट ।

१८ टोली फिफा विश्वकपको नकाउट चरण (राउन्ड अफ ३२) पुगेका छन् ।

समूह चरणका करिब आधा खेल सकिँदा १५ टोली विजेता वा उपविजेता तथा ३ टोली तेस्रो स्थानमा रहेर राउन्ड अफ ३२ मा पुगेका हुन् ।

योसँगै राउन्ड अफ ३२ मा केही टोलीको प्रतिद्वन्द्वी टुंगो लागेको छ ।

समूह ‘एफ’ बाट शुक्रबार बिहान राउन्ड अफ ३२ मा पुगेको एसियाली टोली जापानले पाँचपटकको विश्वकप विजेता टोली ब्राजिललाई प्रतिद्वन्द्वीको रूपमा पाएको छ । यो खेल २९ जुनको राति १०:४५ बजे हुनेछ ।

त्यस्तै, समूह ‘एफ’ बाट विजेता बनेर राउन्ड अफ ३२ मा प्रवेश पाएको नेदरल्यान्ड्सले मोरक्कोसँग प्रतिस्पर्धा गर्न भएको छ । यो खेल ३० जुनको बिहान ६:४५ बजे हुनेछ ।

यसअघि नै नकाउट चरणमा पुगेको साउथ अफ्रिकाले क्यानडासँग प्रतिस्पर्धा गर्ने टुंगो लागेको छ ।


आज भएको खेलमा ट्युनिसियामाथि ३–१ गोल अन्तरको सहज जित दर्ता गरी नेदरल्यान्ड्स ७ अंकसहित समूह विजेता बनेर नकाउटमा पुग्यो ।

त्यस्तै, जापान र स्विडेनबीचको खेल १–१ गोलको बराबरीमा रोकिँदै दुवै टोली नकाउटमा प्रवेश गरे । अन्तिम खेलको बराबरी नतिजापछि जापान ५ अंकसहित समूहको उपविजेता बनेर नकाउटमा गयो । भने, ४ अंकसहित तेस्रो बनेको स्विडेन पनि नकाउटमा पुग्यो ।

यो समूहमा रहेको अर्को टोली ट्युनिसिया भने एक खेल पनि नजितेर विश्वकप २०२६ बाट बाहिरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *