दुई हजार १०२ जना सवारी चालकमाथि ट्राफिक नियम उल्लंघनको कारबाही

Thankot Times

थानकोट ।

बितेका २४ घण्टामा दुई हजार १०२ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् ।

यसबाट राज्यकोषमा रु. २१ लाख १० हजार ५१४ राजस्व दाखिला भएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको ८९, नियम विपरीत ‘राइड सेयरिङ’ गरेका १०८, संकेत बत्ती उल्लंघनकर्ता ९९ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका ८३ जनालाई कारबाही गरिएको हो ।

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ५९, निषेधित क्षेत्रमा हर्न बजाउने १००, लागूपदार्थ सेवन गरी सवारीसाधन सञ्चालन गर्ने दुई, एकतर्फी सडकमा सवारीसाधन चलाउने ७८ र अन्य सवारी नियम पालना नगरेका एक हजार ४८४ जनालाई कारबाही गरिएको हो ।

फाइल फोटो


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ