एक हजार ९२२ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा

Thankot Times

थानकोट ।

बितेका २४ घण्टामा एक हजार ९२२ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् ।

यसबाट राज्यकोषमा पाँच लाख ११ हजार ५०१ राजस्व दाखिला भएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ९२, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका ७८, संकेत बत्ती उल्लंघनकर्ता १२९ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका १३९ जनालाई कारबाही गरिएको हो ।

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ४१, निषेधित क्षेत्रमा हर्न बजाउने ६७, कालो सिसायुक्त सवारीसाधन सञ्चालन गर्ने १०, एकतर्फी सडकमा सवारीसाधन चलाउने ७० र अन्य सवारी नियम पालना नगरेका एक हजार २९६ जनालाई कारबाही गरिएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *