सुनको मूल्य घट्यो
थानकोट ।
नेपाली बजारमा मंगलबार (असार १६) सुनको मूल्य घटेको छ ।
सुनको मूल्य तोलामा चार हजार ५०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ७७ हजार ९०० रुपैयाँ कायम छ ।
सोमबार (असार १५) छापावाल सुन प्रतितोला दुई लाख ८२ हजार ४०० रुपैयाँमा किनबेच भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले घटेको छ । चाँदीको मूल्य तोलाको चार हजार २८५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला चार हजार ३१० रुपैयाँमा कारोबार भएको थियो ।










