सुनको मूल्यमा सामान्य गिरावट
थानकोट ।
नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बुधबार छापावाल सुन प्रतितोला ९०० रुपैयाँ घटेर दुई लाख ८७ रुपैयाँमा झरेको हो ।
अघिल्लो दिन दुई लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य तोलामा ५५ रुपैयाँ घटेको छ । यससँगै चाँदी प्रतितोला चार हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चार हजार ४५५ रुपैयाँमा कारोबार भएको थियो ।









