आत्मदाहको प्रयास गरेका गणेश नेपालीको उपचारकाे क्रममा मृत्यु

Thankot Times

थानकोट ।

आत्मदाहको प्रयास गरेका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको उपचारकाे क्रममा मृत्यु भएकाे छ ।

नेपाल प्रहरी स्राेतले दिएकाे जानकारी अनुसार गणेश नेपालीकाे मृत्यु भएकाे छ ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईले नेपालीको उपचारको क्रममा मृत्यु भएको पुष्टि गरे ।

‘उहाँकाे निधन भएकाे खबर सही हाे । केहीबेर अघि मात्र डिक्लेयर भएकाे हाे,’ उनले भने ।

वीर अस्पतालको बर्न सेन्टरमा मेकानिकल भेन्टिलेटरमा उपचाररत नेपालीकाे शुक्रबार दिउँसाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । शरीरको करिब ६० प्रतिशत भाग जलेर गम्भीर घाइते भएका उनको वीर अस्पतालमा उपचार भइरहेको थियो ।

मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय नेपालीले बिहीबार दिउँसो आत्मदाह प्रयास गरेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ