कीर्तिपुरस्थित क्रिकेट मैदानमा नेपाल र भारत ‘ए’ बीच टी-२० शृङ्खला हुने
थानकोट ।
नेपाली क्रिकेट टाेलीले घरेलु मैदानमा भारत ‘ए’ टाेलीसँग टी–२० शृङ्खला खेल्ने भएकाे छ ।
कीर्तिपुरकाे त्रिवि मैदानमा नेपाल र भारत ‘ए’ बीच ३ खेलकाे टी–२० शृङ्खला हुने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएकाे छ ।
क्यानका अनुसार आउँदाे डिसेम्बर ९, ११ र १३ तारिखमा टी-२० शृङ्खला हुनेछ ।
स्कटल्यान्डमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) सम्मेलनका क्रममा क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र भारतीय क्रिकेट नियन्त्रण बाेर्ड (बीसीसीआई) सचिव देवजित सैकियाबीच भएको बैठकपछि यो शृङ्खला तय भएकाे हाे ।









