एसीसी १९ वर्षमूनीको महिला प्रिमियर कपः नेपालको विजयी सुरुवात, कतार १०५ रनले पराजित

Thankot Times

थानकोट ।

एसीसी १९ वर्षमूनिको महिला प्रिमियर कपमा नेपालले विजयी सुरुवात गरेको छ ।

मलेसियामा आजदेखि सुरु भएको प्रतियोगितामा नेपालले पहिलो खेलमा कतारलाई १०५ रनको फराकिलो अन्तरले हरायो ।

टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १३० रन बनाएको थियो ।

नेपालका लागि साबित्री धामीले सर्वाधिक ५२ रन बनाइन् ।

जितका लागि १३१ रनको लक्ष्य पछ्याएको कतार १२ ओभरमै २५ रनमा अलआउट भयो ।

रचना चौधरीले र रिया शर्माले समान ३ तथा मनिषा उपाध्यायले २ र अनु कडायतले १ विकेट लिए ।

नेपालले समूह चरणमा सिंगापुर र हङकङसँग खेल्नेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ