फिफा विश्वकप २०२६: नर्वेलाई पराजित गर्दै इङ्ल्यान्ड सेमिफाइनलमा

Thankot Times

थानकोट ।

जारी विश्वकप फुटबलको तेस्रो क्वाटरफाइनलमा नर्वेलाई हराउँदै इंग्ल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको छ।

मियामी स्टेडियममा आज बिहान भएको खेलमा इङ्ग्ल्यान्डले नर्वेलाई २-१ ले पराजित गरेको हो।

नियमित ९० मिनेटको समयमा नतिजा १-१ बराबरी हुँदा खेल अतिरिक्त समयमा लम्बिएको थियो।

अतिरिक्त समयको तेस्रो मिनेटमा इङ्ल्यान्डको लागि जुड बेलिङ्घमले गोल गर्दै इङ्ल्यान्डको जित सुनिश्चित गरेका हुन्।

इङ्ल्यान्डको जितमा दुवै गोल जुड बेलिङ्घमको नाममा रह्यो।

नर्वेका लागि एक मात्र गोल एन्ड्रियस स्जेल्डरुपले गरे।

प्रतियोगिताअन्तर्गत अहिले अन्तिम क्वार्टरफाइनल खेलमा अर्जेन्टिना र स्वीजरल्याण्डबीच खेल भइरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *