थानकोट चुनिलेखस्थित एक कारखानामा भीषण आगलागी

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-०४ थानकोटस्थित एउटा उद्योगमा मंगलबार बिहान भीषण आगलागी भएको छ ।

प्रहरी वृत्त थानकोटका अनुसार प्रेसर कुकर बनाउने सो उद्योगमा भएको आगलागी अहिले नियन्त्रणमा लिइएको छ ।

नेपाली सेना, नेपाल प्रहरी, नगर प्रहरी, स्थानीय बासी तथा चन्द्रागिरि नगरको वारुण यन्त्रको सहयोगमा सो आगलागी नियन्त्रणमा लिइएको हो ।

घटनामा मानवीय क्षति नभएको प्रहरीको भनाइ छ । सो आगलागीबाट भएको अन्य क्षतिको विवरण र आगलागी हुनेको कारण पहिचानको कार्य जारी रहेको प्रहरीको भनाइ छ ।

विद्युत लाइन सर्ट भएको उक्त आगलागी भएको र करिब ७० देखि ८० लाख सम्मको सम्पत्ति क्षति भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

बिहान करिब ४ बजे आगलागी भएको देखिएको प्रत्यक्षदर्शीले थानकोट टाइम्सलाई जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *