फिफा विश्वकप फुटबल २०२६: स्पेन दोश्रो उपाधि नजिक, सेमीफाइनलमा फ्रान्स २-० ले पराजित

Thankot Times

थानकोट ।

स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा पुगेको छ ।

बुधबार बिहान अमेरिकाको डालस स्टेडियममा भएको सेमिफाइनलमा फ्रान्सलाई २-० गोलले पराजित गरेर स्पेन फाइनलमा पुगेको हो ।

सुरुवातदेखि नै फ्रान्समाथि हावी भएको स्पेनले पहिलो गोल २२औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरेको थियो । उक्त गोल मिकेल ओयारजाबालले गरेका थिए ।

त्यसपछि स्पेनले ५८औँ मिनेटमा अर्को एक गोल गरेको थियो ।

यो गोल पेड्रो पोरोलेले गरेका थिए । त्यसपछि कुनै गोल हुन सकेन ।

अब स्पेनले अर्जेन्टिना र इङ्ल्यान्डबीचको विजेता टोलीसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

अर्जेन्टिना र इङ्ल्यान्डबीच भोलि बिहान पाैन १ बजे खेल हुने तालिका रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *