एसीसी यू-१९ महिला प्रिमियर कप: नेपाल सेमीफाइनलमा, जापान ९ विकेटले पराजित

Thankot Times

थानकोट ।

नेपाल एसीसी यू–१९ महिला प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार मलेसियाको बायोमास ओभलमा जापानले प्रस्तुत गरेको ८७ रनको लक्ष्य नेपालले ११.२ ओभरमा एक विकेट गुमाउँदै पूरा गर्‍यो ।

नेपालकी सावित्री धामीले अविजित रहँदै ४१ रनको योगदान गरिन् । यसैगरी, कप्तान सोनी पाख्रिनले अविजित १८ र साना प्रविनले १८ रन बनाए ।

जापानकी ममता कास्वानले एक विकेट लिइन् ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको जापानले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर ८६ रनको योगफल तयार पारेको थियो ।

जापानकी कप्तान बियन्का सिनोले अविजित ३८ रनको योगदान गरिन् । यसैगरी, अयान साकुराबा र किचो सुजुकीले १०–१० रन बनाए ।

नेपालका रिया शर्मा र क्रिस्मा गुरुङले दुई–दुई विकेट लिए । यसैगरी, अनु कडायत, मनिषा उपाध्याय र सोनी पाख्रिनले एक–एक विकेट लिए ।

नेपाल समूह ‘डी’को विजेता तथा जापान समूह ‘ए’को उपविजेताका रूपमा अगाडि बढेका हुन् ।

समूह चरणमा नेपालले शतप्रशित जित निकालेको थियो । नेपालले कतार, सिंगापुर र हङकङलाई हराएको थियो ।

यता, जापानले दुई खेल खेल्दा एक जित र एक हारको नतिजा निकालेको थियो । थाइल्यान्डसँग पराजित जापानले म्यानमारविरुद्ध जित दर्ता गरेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *