प्रधानमन्त्री बालेन र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता
थानकोट ।
प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरूबीच महत्त्वपूर्ण संवाद भइरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
सचिवालयका अनुसार छलफल समसामयिक राजनीतिक घटनाक्रम, मुलुकको पछिल्लो अवस्था तथा आपसी हितका विविध विषयहरूमा केन्द्रित छ ।
छलफलमा राप्रपाका अध्यक्ष लिङदेनसँगै वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य खुश्बु ओली पनि सहभागी भएकी छन् ।









