काठमाडौंमा मोटरसाइकल दुर्घटना, २७ वर्षीय युवाको ज्यान गयो
थानकोट ।
काठमाडौंको कपनमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
दुर्घटनामा संखुवासभा मकालु गाउँपालिका घर भएका २७ वर्षीय कुसाङ शेर्पाको मृत्यु भएको हो ।
काठमाडौं महानगरपालिका–६ कपन भृकुटी चोकमा गएराति प्र.३–०२–०२१ प ३५६२ नम्बरको मोटरसाइकल र बा. ८७ प ६३४७ नम्बरको स्कुटर एकआपसमा ठोक्किँदा स्कुटर चालक बूढानीलकण्ठ चुनिखेल बस्ने शेर्पाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको हेल्पिङ ह्यान्डस अस्पताल चाबहिलमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकलाई थप उपचारको लागि हेम्स अस्पताल धुम्बराही पठाइएको छ ।










