विश्वकप क्रिकेट लिग-२ श्रृंखला: नेपाल नामिबियासँग ८ विकेटले पराजित

Thankot Times

थानकोट ।

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा चलिरहेको त्रिदेशीय शृङ्खलाको पहिलो खेलमा नेपाल नामिबियासँग ८ विकेटले पराजित भएको छ ।

गएराति सम्पन्न खेलमा नेपालले दिएको १५८ रनको सामान्य लक्ष्य नामिबियाले ३७ ओभर ३ बलमा २ विकेट गुमाएर भेट्टायो ।

नामिबियाको जीतमा जान फ्राइलिंकले अविजित ७७ रन बनाए भने माइकल भान लिङ्गेनले ५१ रन बनाए ।

नेपालका लागि नन्दन यादव र कप्तान रोहित पौडेलले एक/एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ४६ ओभर ५ बलमा १५७ रनमा अलआउट भएको थियो ।

कप्तान रोहित पौडेलले सर्वाधिक ३१ रन बनाए भने दीपेन्द्रसिंह ऐरीले ३० रन जोडे । नेपाललाई सस्तैमा समेट्न नामिबियाका जेजे स्मिथले उत्कृष्ट बलिङ गर्दै ६ विकेट लिए ।

यो नतिजापछि लिग–२ अंकतालिकामा नेपाल र नामिबिया दुवैको २९ खेलबाट समान २४ अंक पुगेको छ ।

राम्रो नेट रनरेटका आधारमा नेपाल पाँचौं र नामिबिया छैटौं स्थानमा छन् । नेपालले आफ्नो दोस्रो खेल भोलि घरेलु टोली नेदरल्यान्ड्ससँग खेल्नेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *