इस्का वर्ल्ड च्याम्पियनसिपमा चीनका खेलाडीसँग प्रतिस्पर्धा गर्दै गुर्जुधाराका हिमालयन चितुवा
थानकोट ।
किकबक्सिङका उदीयमान खेलाडी चन्द्रागिरि नगरपालिका गुर्जुधाराका अविरल घिमिरे हिमालयन चितुवा आगामी सेप्टेम्बर ५, २०२६ मा जापानको नागोया सहरमा आयोजना हुने इस्का वर्ल्ड च्याम्पियनसीपमा सहभागी हुने भएका छन् । प्रतियोगितामा उनले चीनका प्रतिद्वन्द्वीसँग प्रतिस्पर्धा गर्ने बताइएको छ ।
हिमालयन चितुवाको उपनामले परिचित अविरलले पछिल्ला वर्षहरूमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्।
के-वन वर्ल्ड च्याम्पियनसीपको ७० केजी ताैल समुहमा अविरलले प्रतिस्पर्धा गर्नेछन् ।
उक्त प्रतियोगितामा १६ राष्ट्रका खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।
फाइल तस्बिर










