चन्द्रागिरिमा २५ जना नगर प्रहरी माग, साउन २५ गतेभित्र आवेदन दिन सकिने
थानकोट ।
चन्द्रागिरि नगरपालिकाले थप २५ जना नगर प्रहरी भर्ना गर्ने भएको छ ।
स्वीकृत दरबन्दीभित्र नगरले उक्त संख्यामा प्रहरी भर्ना गर्न लागेको हो ।
शनिबार गोरखापत्र दैनिकमा सूचना जारी गर्दै नगरले ९ महिला र १६ जना पुरुष नगरप्रहरी माग गरेको हो ।
तोकिएको योग्यता पुगेका इच्छुक व्यक्तिले साउन २५ गतेभित्र दरखास्त दिन सक्ने सो सूचनामा उल्लेख छ ।
सूचना हेराैंः

प्रतिनिधि तस्बिर










