काभा पुरुष भलिबल च्याम्पियनसिप-२०२६: नेपाल खराब लय कायमै, लगातार तेस्रो हार
थानकोट ।
काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल लगातार तेस्रो खेलमा पराजित भएको छ ।
हिजो शुक्रबार आयोजक टोली पाकिस्तानसँग नेपाल ३–० को सोझो सेटमा पराजित भयो ।
पाकिस्तानले नेपाललाई २५–१४, २५–१८ र २५–१० ले हराएको हो ।
पाकिस्तानले यसअघि पनि आफ्नो दुई खेल ३–० को सोझो सेटमा नै जितेको थियो । नेपाल भने श्रीलंका र काजकिस्तानसँग पराजित भएको थियो ।
अब नेपालले बङ्गलादेश र उज्वेकिस्तानसँग खेल्नेछ ।
शीर्ष–४ मा रहँदै सेमिफाइनल पुग्न नेपालले बाँकी दुई खेलमा जीत निकाल्नुपर्नेछ ।
प्रतियोगितामा नेपालसहित आयोजक पाकिस्तान, काजकिस्तान, श्रीलंका, बङ्गलादेश र उज्वेकिस्तान गरि ६ टोली छन् ।
सबैले एकअर्कासँग खेलेपछि शीर्ष ४ मा रहने टोलीले सेमिफाइनल खेल्नेछन् ।
तस्बिरः काभा










