स्थानीयले भोलि आइतबार नागढुङ्गा सुरुङ मार्गको पूर्वी द्वारमा धर्ना दिने, पर्सि सुरुङ उद्घाटन
थानकोट ।
नागढुङ्गा सुरुङ मार्ग आयोजना प्रभावित चन्द्रागिरि क्षेत्रका स्थानीयले भोलि आइतबार सुरुङ मार्गको पूर्वी द्वारमा धर्ना दिने भएका छन् ।
आज शनिबार बसेको स्थानीयहरूको भेलाले भोलि धर्ना दिने निर्णय गरेको हो ।
नागढुङ्गा सुरुङ मार्ग आयोजनाको कारण विभिन्न समस्या उत्पन्न हुँदा स्थानीय बासीहरू खानेपानीको समस्याबाट आक्रान्त भएको, स्थानीयलाई सुरुङ मार्गमा सहज आवतजावतको प्रबन्ध नभएको लगायत पूर्ववत् मागहरू सम्बोधन नहुँदै सुरुङ मार्ग उद्घाटन हुन लागेको भन्दै स्थानीयले माग पूरा नहुन्जेलसम्म विभिन्न विरोधका कार्यक्रम तय गरेका हुन् ।
नागढुङ्गा सुरुङ मार्गको उद्घाटन साउन ११ गते, पूर्वाधार विकास मन्त्री सुनिल लम्सालद्वारा रिबन काटिने
जसअनुसार भोलि बिहान ७:३० बजे सुरुङ मार्गमा शान्तिपूर्वक धर्नामा बस्ने निर्णय भएको बताइएको छ । बाँकी कार्यक्रम क्रमशः तय हुने शनिबार बसेको भेलामा निर्णय भएको बुझिएको छ ।
सरकारले पर्सि सोमबार नागढुङ्गा सुरुङ मार्ग उद्घाटनको कार्यक्रम तय गरिसकेको छ ।










